ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थामा सोमबार राति चोरी भएको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार ताला फुटाएर १ लाख ९८ हजार रुपैयाँ नगद, एनआईसी बैकको खाली चेक, संचय कोष सम्बन्धी कागजातहरु लगायत बिभिन्न सामानहरू चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको वृत्त सातदोबाटोका प्रमुख डीएसपी दिनेश घिमिरेले जानकारी दिए ।