Logo

शनिवार, आश्विन २४ गते २०८३

images

उपत्यकाका यी स्थानमा आज लोडसेडिङ हुन्छ

उपत्यकाका यी स्थानमा आज लोडसेडिङ हुन्छ

दैनिकी न्यूज

३, माघ २०७७
उपत्यकाका यी स्थानमा आज लोडसेडिङ हुन्छ
images

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) काठमाडौं उपत्यकाका २१ स्थानमा बिजुली काट्ने भएको छ। नियमित मर्मत सम्भारको लागि बिजुली काट्न लागेको प्राधिकरणले जनाएको छ । बुढानीलकण्ठ सबस्टेशन, महाराजगञ्ज र पुल्चोक वितरण केन्द्रबाट विद्युत प्रवाह हुने २१ ठाउँमा आज केही घण्टा बिजुली काटिने प्राधिकरणले जानकारी दिएको हो। हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु र मित्रनगरलगायत क्षेत्रमा मर्मत कार्य गर्न विद्युत प्रवाह रोकिने र काम सकिएलगत्तै पुन: प्रवाह गरिने प्राधिकरणले जनाएको छ। पछिल्ला केही महिनायता प्राधिकरणले मर्मतका लागि भन्दै तारान्तार बिजुली काट्दै आएको छ। हाल भैरहेको विद्युत कटौतीलाई लोडसेडिङ भन्न नमिल्ने जिकिर प्राधिकरणले गरेपनि सर्वसाधारणले भने अघोषित ढंगले सरकारले लोडसेडिङ गर्न खोजेको आरोप लगाइरहेका छन्‌।

images
प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - ०८:२३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology