Logo

शनिवार, आश्विन २४ गते २०८३

images

उर्जामन्त्रीले भने एमसीसी छिटो पास गर्नुपर्छ

उर्जामन्त्रीले भने एमसीसी छिटो पास गर्नुपर्छ

दैनिकी न्यूज

२, माघ २०७७
उर्जामन्त्रीले भने एमसीसी छिटो पास गर्नुपर्छ
images

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छिटो निर्णयमा पुग्नुपर्नेमा जोड दिएका छन् । बुटवलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री रायमाझीले एमसीसीबारे तुरुन्त निर्णय गर्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारे । ‘एमसीसी लागू गरौं या खारेज गरौं, तर अब अलमलको अवस्थामा बस्नु हुँदैन,’ उनले भने, ‘म घनिभूत छलफल गरिरहेको छु, छिट्टै निर्णयमा पुग्छु ।’ उनले मुलुकमा लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दाबी समेत गरे । ‘ऊर्जा संकट हटाउन ९९ बुंदे कार्ययोजना मैले तयार गरेको हुँ, कुलमान घिसिडलाई मैले नै राखेको हुँ,’ मन्त्री रायमाझीले भनेका छन्, ‘तर सरकार ढलेपछि लोडसेडिङ हटाएको जस अर्कैले लियो ।’ नेकपाभित्रकै विवादका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताए । प्रधानमन्त्रीले अस्थिरताको विकल्पका रुपमा चुनाव रोजेको भन्दै अब सबै दल चुनावमा होमिनुपर्नेमा जोड दिए । अर्को प्रसंगमा उनले नेपालमा वार्षिक ५ सय मेगावाट विद्युत उत्पादन हुने क्रममा रहेको, तर निर्यात गर्ने अवस्था नहुँदा चुनौती थपिएको बताए ।

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - १५:५२:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology