Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ओलीलाई माधव नेपालले लगाए यस्ता आरोप

ओलीलाई माधव नेपालले लगाए यस्ता आरोप

दैनिकी न्यूज

१, माघ २०७७
ओलीलाई माधव नेपालले लगाए यस्ता आरोप
images

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन तयार हुन सुझाव दिएका छन् । नेपाल बुद्धिजीवी संगठनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले काम चलाउ प्रधानमन्त्री उहाँ अब प्रधानमन्त्री पदबाट बाहिरिन खुट्टा उचालेर बस्दा हुन्छ । केपी ओलीको तानाशाही प्रवृत्तिबाट मुलुक पिल्सिएको उनले बताए । ‘उहाँको तानाशाही प्रवृत्तिबाट कसैले चिच्याउनु पनि पाउनु भएको छैन । हामी निसासिएपछि हामी बोल्न बाध्य भएका हौ । उहाँले आफ्नो पार्टीसँगै प्रतिपक्षीको पनि मान मर्दन गर्नुभएको छ ।’ पार्टीमा आफूसँग ७२ प्रतिशत रहेको भन्दै केपी ओलीले विधान विपरित केन्द्रीय संख्या थप्दै गएको नेपालले बताए । ‘केपी ओलीले सडक छाप होइन, धुलोछाप पार्टी बनाउँदै हुनुहुन्छ । त्यहाँ मदन भण्डारी फाउन्डेशन मात्र छ । त्यहाँ पार्टी छैन।’ ओलीमाथि थप कदम चाल्नुपर्ने अवस्था आएको र आजको बैठकमा गम्भीर छलफल हुने नेपालले बताए । उनले संवैधानिक ‘कू’ भएकाले चुनावको कुरा गर्न नसकिने बताए । उनले भने, ‘संवैधानिक ‘कू’ गरेका बेला चुनावको कुरा हुँदैन । अदालतबाट सच्याउनुपर्छ । अन्तिममा त जनअदातल छँदैछ । उहाँले बैशाखमा चुनाव गराउनका लागि घोषणा गर्नुभएको छैन ।’ अहिलेको अवस्था आउनुमा ओलीको ९९ प्रतिशत गल्ती रहेको वामदेव गौतमले नै भनेको उनले बताए । केही गल्ती आफूबाट पनि भएको उनले बताए । ‘०६२–६३ को आन्दोलनपछि मैले उहाँ जस्तो परिवर्तन विरोधीलाई उपप्रधानमन्त्री बनाएँ। यो मेरो गल्ती थियो । उहाँ जस्तो व्यक्तिका लागि पार्टी एकता हुँदा आलोपालो प्रधानमन्त्रीको सहमतिबाट प्रचण्डजी पछाडि हट्ने कुरामा मैले साथ दिएँ । यसमा पनि मबाट गल्ती भयो ।’ केपी ओलीबाट नभएको प्रचण्डबाट भएको उनले बताए । ‘म प्रचण्डसँग गएको होइन । हिजो प्रचण्डले भनिसक्नुभएको छ । हामी दुबै जना समान अध्यक्ष हौँ । यसअघि स्थायी समिति बैठकको नेतृत्व मैले गरेँ । म पहिलो अध्यक्ष भएँ । अब प्रचण्डले बैठकको अध्यक्षता गर्नुहुन्छ । उहाँ पहिलो अध्यक्ष हुनुहुन्छ । यो कुरा केपी ओलीबाट भएन । आज प्रचण्डबाट भएको छ। अब भन्नुहोस् को राम्रो ?’ नेपालको प्रश्न थियो । नेपालले आधिकारिक नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहनेमा आश्वस्त हुन कार्यकर्तालई आग्रह गरे ।

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १६:३२:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology