ललितपुर । प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमाबाट बुधबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
त्यस क्षेत्रमा चन्द समूहको गतिविधि बढेको थाहा पाएसँगै ललितपुर प्रहरीले नियमित गस्ती बढाएका छ । सोही सर्च अपरेसनबाट उनी पक्राउ परेका हुन् ।
त्यस क्षेत्रमा चन्द समूहको गतिविधि बढेपछि डीएसपीको कमान्डमा ७० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।