Logo

शनिवार, आश्विन २४ गते २०८३

images

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

दैनिकी न्यूज

२७, पौष २०७७
काठमाडौंमा भूकम्पको धक्का
images

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३२ मिनेटमा परकम्प गएको हो ।

आज अपराह्न २ बजेर ३२ मिनेटमा ३.१ म्याग्निच्यूडको भुइँचालो रेकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुइँचालोको केन्द्रविन्दु कुलेश्वर भएको केन्द्रले जनाएको छ । परकम्पको धक्का कुलेश्वरसहित आसपास र ललितपुरका केही क्षेत्रमा महसुस गरिएको थियो ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प अझै पनि गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २७, २०७७ सोमवार - १६:१६:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology