Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बारामा गोली चल्यो, लागुऔषध र हतियारसहित एक पुरुष पक्राउ 

बारामा गोली चल्यो, लागुऔषध र हतियारसहित एक पुरुष पक्राउ 

दैनिकी न्यूज

२६, पौष २०७७
बारामा गोली चल्यो, लागुऔषध र हतियारसहित एक पुरुष पक्राउ 
images

बारा । लागुऔषध गाँजा र हतियारसहित एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति प्रहरीले बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा खटिएको टोली र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ति गर्दै जादा उक्त पुरुषलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला, हेटौडा उपमहानगरपालिका वडा नं. १६ बस्ने बर्ष ४७ को इमानसिंह तामाङ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, डीएसपी गौतम मिश्रले जानकारी दिए ।

बारा निजगढ नगरपालिका १३ भक्तलाल खोलाको बगरमा लागुऔषध गाँजा बोकी ल्याई रहेको अवस्थामा तामाङसँग जम्का भेट भई प्रहरीको गस्ति टोलीलाई लक्षित गरी तामाङले हतियार प्रयोग गरि फायर गरेका थिए ।

प्रहरी निरीक्षक थपलियाले ३ राउण्ड र प्रहरी नायब निरीक्षक बिन्देश्वर महतोले २ राउण्ड जबाफी फायर गरी तामाङलाई नियन्त्रणमा लिएको डीएसपी मिश्रले बताए ।

प्रहरीले तामाङको साथबाट १०२ के.जि.(५ बोरा) लागुऔषध गाँजा, एकनाले भरुवा बन्दुक लोड रहेको अवस्थामा १ थान बरामद गरेको छ ।

लागु औषध कारोबारमा अरुको पनि संलग्न हुन सक्ने भन्दै ती व्यक्तिहरुको खोजी भैरहेको डीएसपी मिश्रले बताए । प्रकाउ परेको तामाङमाथि हातहतियार खरखजना र लागू औषध नियत्रण ऐन, २०३३ अनुसार मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

 

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - ०९:०१:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology