Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सर्लाहीमा घुससहित मालपोतका नायब सुब्बा अख्तियारको फन्दामा

सर्लाहीमा घुससहित मालपोतका नायब सुब्बा अख्तियारको फन्दामा

दैनिकी न्यूज

२३, पौष २०७७
सर्लाहीमा घुससहित मालपोतका नायब सुब्बा अख्तियारको फन्दामा
images

सर्लाही । सर्लाहीमा मालपोत कार्यालयका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायव सुब्बा बेदनिधि बराललाई अख्तियारको टोलीले लेखापढी व्यवसायी रामसुन्दर महतोसँग घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले नायव सुब्बा बराललाई घुसरकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

लालपुर्जामा नाम सच्याउनका लागि एक सेवाग्राहीसँग नासु बरालले व्यवसायी महतोमार्फत ११ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले दुवै जनालाई रंगेहात फेला पारेको जनाइएको छ ।

अख्तियारको टोलीले लेखापढी व्यवसायी महतोलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासले जनाएको छ । 

images
प्रकाशित मिति :पौष २३, २०७७ बिहिवार - १६:५६:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology