Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा

नेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा

दैनिकी न्यूज

२२, पौष २०७७
नेपाल प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा
images

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरिक्षक (एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।

प्रहरी महानीरिक्षक शैलेश थापा क्षेत्रीले मंगलबार साँझ ३० जना एसपी र ६९ जना डीएसपीहरुको सरुवा गरेका हुन ।

सरुवा सूची अनुसार एसपी बेलबहादुर पाण्डे जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका छन । त्यहाँ कार्यरत एसपी गंगा पन्तको केन्द्रिय अनुसन्धान व्युरो इन्टिलिजेन्स महाशाखामा सरुवा भएको छ ।

यसैगरी प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा सानुराम भट्टराईको सरुवा भएको छ । झापामा रहेका एसपी कृष्णप्रसाद कोइरालाको अपराध महाशाखा सरुवा गरिएको छ ।

यस्तै मकवानपुरमा सोमेन्द्रसिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्रबहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ ।

यसैगरी कंचनपुरमा उमाप्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई पठाइएको छ ।

डीएसपीको सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय रसुवामा देवेन्द्र पाण्डेलाई पठाइएको छ। इलाका प्रहरी कार्यालय लहानमा डा. तपन कुमार दाहाल, महानगरीय प्रहरी वृत्त जनसेवामा डिलबहादुर मल्ल, इलाका प्रहरी कार्यालय दमकमा नवराज कार्की, बालाजु वृत्तमा निर्मल बुढाथोकी, इलाका प्रहरी कार्यालय बर्दीबासमा वीरेन्द्रबहादुर थापा, थानकोट वृत्तमा मोहनबहादुर खाँड, इलाका प्रहरी कार्यालय कोहलपुरमा रवीन्द्र खनाल, इलाका प्रहरी कार्यालय मिर्चैयामा राजेन्द्र श्रेष्ठ, इलाका प्रहरी कार्यालय अनारमनी झापामा सन्तोष आचार्यको सरुवा भएको छ।

त्यसैगरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुनिल दाहाल, जिल्ला प्रहरी कार्यालय मनाङमा सुवास खड्का लगायत ६९ जनाको सरुवा भएको छ।

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - ०५:३८:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology