Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मौसम पूर्वानुमानः बिहानैदेखि देशैभर मौसम बदली

मौसम पूर्वानुमानः बिहानैदेखि देशैभर मौसम बदली

दैनिकी न्यूज

२१, पौष २०७७
मौसम पूर्वानुमानः बिहानैदेखि देशैभर मौसम बदली
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन प्रकाशन गरेको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश नं. १ को भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भै हल्का बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष २१ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य बदली रहने छ ।  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहि  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

पौष २२ गते (बुधबार)

दिउँसो : देशको सुदुर-पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भु-भागमा आंशिक बदली रहि एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष २३ गते (बिहिबार)

दिउँसो : देशको पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : प्रदेश न १ र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रहि अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :पौष २१, २०७७ मंगलवार - ०९:१६:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology