Logo

शनिवार, आश्विन २४ गते २०८३

images

एक करोडको चेक बाउन्स मुद्दाका फरार श्रेष्ठ पक्राउ

एक करोडको चेक बाउन्स मुद्दाका फरार श्रेष्ठ पक्राउ

दैनिकी न्यूज

१५, पौष २०७७
एक करोडको चेक बाउन्स मुद्दाका फरार श्रेष्ठ पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार काठमाडौं महानगरपालिका-९ स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका संचालक नागार्जुन नगरपालिका(४ घर भएका ५२ वर्षीय श्याम कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले नागार्जुन नगरपालिकास्थित सितापाइला सडक खण्डमा Asphalt Paving Works कार्य सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आईएमई बैंक कान्तिपथ शाखाको १ करोड ३६ लाख १० हजार २ सय ८८ रुपैयाँ बराबरको चेक दिई बैंकिङ कसुर गरी फरार रहेको प्रहरीले जनाएको छ ।

उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सितापाइलाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ । 

images
प्रकाशित मिति :पौष १५, २०७७ बुधवार - ०९:३५:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology