Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मन्त्रिपरिषद् बिस्तार बदर गर्न सर्वोच्चमा मुद्दा पर्‍यो

मन्त्रिपरिषद् बिस्तार बदर गर्न सर्वोच्चमा मुद्दा पर्‍यो

दैनिकी न्यूज

१४, पौष २०७७
मन्त्रिपरिषद् बिस्तार बदर गर्न सर्वोच्चमा मुद्दा पर्‍यो
images

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेको सरकारले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाई निवेदन दर्ता गराएका हुन् । कामचलाउ सरकारले विश्वव्यापी मान्यताअनुसार मुलुकको दैनिक काममात्रै सञ्चालन गर्नसक्ने भन्दै निवेदनमा सरकारले मन्त्रिपरिषदमा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गर्न नसकिने उल्लेख छ । उनले गत १० गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजनलाई बदर गर्न माग गरेका छन् । साथै उनले अब मन्त्रिपरिषदबाट थप नियुक्ति, हेरफेर र कार्यविभाजन नगर्न आदेश जारी हुनुपर्ने मागसमेत गरेका छन् । अनि कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले स्वास्थ्य मापदण्डहरुको पालना गर्दै निर्वाचन प्रचारप्रसार र मतदानलगायतका प्रक्रियाको विस्तृत कार्ययोजना प्रस्तुन गर्न पनि माग गरेका छन् ।

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - २१:२०:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology