Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेकपा वागमती प्रदेशका उपनेता र सचेतक बर्खास्त !

नेकपा वागमती प्रदेशका उपनेता र सचेतक बर्खास्त !

दैनिकी न्यूज

१४, पौष २०७७
नेकपा वागमती प्रदेशका उपनेता र सचेतक बर्खास्त !
images

काठमाडौं । नेकपा विभाजनको असर प्रदेशहरुमा पनि देखिन थालेको छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले नेकपा विभाजन भएको छ, त्यसको सिधा प्रभाव प्रदेशमा पनि परेको हो । सोही कारण वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदको नेतृत्व गरेका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई मुख्यमन्त्री पौडेलले मंगलबार पदमुक्त गर्दै स्पष्टिकरण सोधेका छन् । उनीहरुसहित ३० जना सांसदलाई स्पष्टिकरण सोधिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । ‘संसदीय दलको विधानअनुसार कारबाही गरिएको हो', मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले भने, 'आवश्यकताका आधारमा पहिलो चरणमा ३० जना सांसदहरुसँग स्पष्टिकरण सोधिएको छ ।' पदमुक्त गरिएका दुवैजना तत्कालीन माओवादीको तर्फबाट प्रदेशसभामा निर्वाचित भएका हुन् । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्यले पुस १० गते शुक्रबार मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । वाग्मती प्रदेशमा नेकपाको कुल ८० मत रहेको भए पनि प्रधानमन्त्री ओली पक्षका मुख्यमन्त्री पौडेलसँग ३४ र प्रचण्ड–नेपाल समूहसँग ४६ मत रहेको छ । उपनेता पदमुक्त गरेपछी प्रदेशको विवाद थप जटिल मोडमा पुगेको नेताहरूले बताए ।

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - २१:११:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology