काठमाडौं । गृह मन्त्रालयले प्रहरीका ९ एसएसपीहरुलाई डीआईजीमा बढुवा गरेको छ । सोमबार बढुवा समितिको बैठकले २०४९ वैसाख र चैतमा सेवा सुरु गरेका एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिसमा परेकामध्ये ७ जना आईजीपी शैलेश थापाकै ब्याची हुन्। एआईजी विश्वराज पोख्रेलको ब्याचबाट दुई जनालाई मात्रै बढुवा गरिएको छ।
नेपाल प्रहरीमा गत असार २४ गतेदेखि डीआईजी पद रिक्त छन् । त्यतिबेला सूर्य उपाध्यायले अवकाश पाएपछि एक डीआईजी रिक्त भएको थियो। साउन १२ गते अरु दुई डीआईजीहरु निरज शाही र प्रद्युम्न कार्की एआईजीमा बढुवा भए ।
सरकारले ५ डीआईजीको दरबन्दी थप्यो भने एक एआईजी थप गरेर विश्वराज पोख्रेललाई एआईजीमा बढुवा गरेपछि रिक्त डीआईजी दरबन्दीको संख्या ९ पुगेको छ ।
