Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मोटरसाईकल चोरी गर्ने दुईजना पक्राउ

मोटरसाईकल चोरी गर्ने दुईजना पक्राउ

दैनिकी न्यूज

१०, पौष २०७७
मोटरसाईकल चोरी गर्ने दुईजना पक्राउ
images

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको छ ।

जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं। १२ घर भएका वर्ष २५ को रामशरण मिजार र बर्ष १९ को सुवास मिजारलाई चोरी गरेको बा ८१ प ५२७५ कालो रङको पल्सर २२० सी.सी. मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

काठमाण्डौ कपनबाट हराएको भनि अभिषेक ढकालले हुलिया सहितको निवेदन मिति २०७४ असोज ९ गते यस महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको छ ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - ११:५६:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology