काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो ।
प्रधानन्यायाधीशले संवैधानिक इजलासमा पनि निवेदन भएकाले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको बताए । तर अन्तरिम आदेश दिन अस्वीकार गरे । अब यी सबै रिटमा शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।
आदेश गरेको केहीबेरमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा प्रधानमन्त्री उपस्थित हुने कार्यक्रममा सरिक हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली महान्यायाधिवक्ता कार्यालयको भवन उद्घाटन कार्यक्रममा जाँदैछन् ।