Logo

शनिवार, आश्विन २४ गते २०८३

images

प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्धका निवेदन प्रधानन्यायाधीशको एकल इजलासमा

प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्धका निवेदन प्रधानन्यायाधीशको एकल इजलासमा

दैनिकी न्यूज

८, पौष २०७७
प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्धका निवेदन प्रधानन्यायाधीशको एकल इजलासमा
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ ओटा रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई दायर भएका रिट निवेदन प्रधानन्यायाधीशको एकल इजलासमा तोकिएको हो ।

विघटित प्रतिनिधि सभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले मंगलवार रिट वनिवेदन दायर गरेका थिए । अन्य सबै निवेदन कानून व्यवसायीबाट परेको हो ।

प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिसका आधारमा भएर गरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न निवेदनमा माग गरिएको छ ।

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध आजसम्म १३ ओटा रिट निवेदन दर्ता भएका छन् । तीमध्ये १२ ओटा नियमित इजलासमा दर्ता भएका छन् । ती निवेदनको बुधवारदेखि सुनुवाइ शुरु हुँदैछ । संवैधानिक इजालासमा दर्ता भएको रिट निवेदनको शुक्रबार सुनुवाइ हुने तय भएको बताइएको छ ।

images
प्रकाशित मिति :पौष ८, २०७७ बुधवार - ११:००:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology