ललितपुर । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका वडा नं. ८ टाउनप्लानिङ बस्ने मकवानपुर बागमती गाउँपालिका–८ कान्तिपुर घर भएका ३३ वर्षीय बिमल बहादुर बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिमलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।