काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आज (मंगलबार) केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले बिहान ९ बजे बालुवाटारमा बैठक बोलाएको छ । उता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे बैठक कार्की बेङ्क्वेट बबरमहलमा बैठक बोलाएको छ।
आजको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षले जनाएको छ। यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्दै यसलाई केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो।
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत आइतबार अचानक संसद् भंग गराई वैशाख १७ र २७ प्रतिनिधिसभाकाे चुनाव गर्ने घाेषणा गरेपछि दुई पक्ष आआफ्ना रणनीति निर्माणमा लागेका हुन्।