Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दुई अध्यक्षबीच खुमलटारमा भेटवार्ता

दुई अध्यक्षबीच खुमलटारमा भेटवार्ता

दैनिकी न्यूज

४, पौष २०७७
दुई अध्यक्षबीच खुमलटारमा भेटवार्ता
images

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनको निवास खुमलटार पुगेका छन् । पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न उनी प्रचण्ड निवास पुगेका हुन् ।

प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्री ओली केही समयअघि त्यहाँ पुगेका हुन् । उनीहरुबीच अहिले एक्लाएक्लै छलफल भइरहेको संयोजक सापकोटाले बताए । दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल भइरहेको छ । भोलि (आइतबार) स्थायी कमिटी बैठक डाकिएको छ । रासस

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १३:०४:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology