Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आज दिउँसो काठमाडौंका यी स्थानमा विद्युत अवरूद्ध हुने

आज दिउँसो काठमाडौंका यी स्थानमा विद्युत अवरूद्ध हुने

दैनिकी न्यूज

४, पौष २०७७
आज दिउँसो काठमाडौंका यी स्थानमा विद्युत अवरूद्ध हुने
images

काठमाडौं । आज (शनिबार) काठमाडौंका केही ठाउँमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ।


नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ।

बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत अवरूद्ध गर्न लागेको प्राधिकरणले जनाएको छ।

यी स्थानमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

साथै सो कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा छिटो लाइन सुचारू हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ। 

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १३:००:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology