काठमाडौं । भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर–बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।
गत साउन २१ गतेदेखि यातायातका साधनमा जोर बिजोर प्रणाली लागू भएको थियो । आजको निर्णयसँगै शुक्रबारदेखि यातायातका साधनमा जोर बिजोर प्रणाली लागू हुने छैन ।
केही दिनअघि यातायात मजदूर तथा यातायात व्यवसायीहरुले उपत्यकामा लागू भएको जोरबिजोर प्रणाली नमान्ने भन्दै सीसीएमसीलगायतलाई ज्ञापनपत्र बुझाएको थियो।