Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्‍को निर्णय

पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्‍को निर्णय

दैनिकी न्यूज

२५, मंसिर २०७७
पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्‍को निर्णय
images

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो।

गत सोमबार गृह मन्त्रालयमा बसेको प्रहरी बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआइजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको थियो।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो । तर, सरकारले सो दिर्नेशन बेवास्ता गर्दै पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

images
प्रकाशित मिति :मंसिर २५, २०७७ बिहिवार - १९:५०:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology