काठमाडौं । नेपाल प्रहरीका डिआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक एआईजी बढुवाका लागि सिफारिस भएका छन ।
सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले मन्त्रिपरिषद्ले थपेको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो ।
एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदश्य सचिव रहने व्यवस्था छ ।
२०४९ साल चैत १२ गते नेपाल प्रहरीमा इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
डीआईजी पोखरेलले नेपाल प्रहरी संगठनको प्राय सबै कार्यालयहरुको अनुभव सम्हालेका तालिम केन्द्र, एकेडेमी, गण, अपराध अनुसन्धान महाशाखा, महानगरीय ट्राफिक कार्यालय, काठमाडौँका प्रायः सबै युनिटको कमाण्ड सम्हालिसकेका छन् ।
विश्वराज अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।