Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

दैनिकी न्यूज

१२, मंसिर २०७७
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
images

काठमाडौं । सिरहा, काभ्रे, मोरङ र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

सिरहा, सिराहा नगरपालिका-१० पदमपुरचोकस्थित सडकमा ना.५ ख ५५१८ नम्बरको बसले प्रदेश २-०१-००१ प १२५९ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-११ बलुवाही बस्ने २६ वर्षीय देव नारायण कामती सहित २ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुबै जनाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे, भुम्लु गाउँपालिका-८ बन्देउस्थित सडकमा बा.४ ख १४०० नम्बरको टिपर ब्याक गर्ने क्रममा सडकबाट करिब ५ सय मिटर तल ईन्द्रावती नदीमा खसेर बिहीबार बेलुका दुर्घटना हुँदा टिपर चालक चौरीदेउराली गाउँपालिका-३ माझीफेदा बस्ने ३० वर्षीय उत्तम तामाङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनलाई धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-७ स्थित सडकमा लु.१ ज ३१५२ नम्बरको कार अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गुल्मी मदाने गाउँपालिका-६ बस्ने ३२ वर्षीया कल्पना थापाको ७ वर्षीय छोरा करन थापाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - १३:५०:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology