Logo

शनिवार, आश्विन २४ गते २०८३

images

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

दैनिकी न्यूज

१२, मंसिर २०७७
गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
images

काठमाडौं । गुल्मी जिल्लाको इस्मा–४ दोहलीमा आज बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा एक महिला र चार पुरुषको मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए।

इस्मा ४ दोहलीको हुल भन्ने ठाउँबाट बाट तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जिप बिहान साढे सात बजे दुर्घटनामा परेको हो। दुर्घटनापछि चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतक र घाइतेको नाम खुलेको छैन। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - ०८:५६:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology