Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दिपक मनाङ्गेकी श्रीमती पक्राउ

दिपक मनाङ्गेकी श्रीमती पक्राउ

दैनिकी न्यूज

१०, मंसिर २०७७
दिपक मनाङ्गेकी श्रीमती पक्राउ
images

हेटौंडा । चोरी मुद्दा आरोपमा गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती दिक्छेन डोल्मा लामा पक्राउ परेकी छिन ।

उनलाई बुधबार प्रहरीले हेटौंडाबाट पक्राउ गरेको  हो । जिल्ला अदालत कास्कीले बहुमूल्य धातुको मूर्ति चोरी गरेको मुद्दामा पक्राउ पूर्जी जारी गरेकाले उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र प्राप्त भएकाले उनलाई पक्राउ गरि कास्की पठाइएको डीएसपी रानाले बताए । दिक्छेन हेटौंडा–१२ स्थित माइतीमा बस्दै आएकि थिइन । प्रहरीका अनुसार उनीसहित तीनजनालाई विपक्षी बनाएर कास्की जिल्ला अदालतमा बहुमुल्य धातुको मूर्ति चोरीको मुद्दा दायर भएको छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - २०:१३:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology