Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कुटपिट गरी छिमेकीको हत्या गर्ने दुई जना पक्राउ

कुटपिट गरी छिमेकीको हत्या गर्ने दुई जना पक्राउ

दैनिकी न्यूज

९, मंसिर २०७७
कुटपिट गरी छिमेकीको हत्या गर्ने दुई जना पक्राउ
images

रौतहट । रौतहटमा कुटपिट गरी छिमेकीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले हत्याको आरोपमा रौतहट वृन्दावन नगरपालिका वडा नं. ७, सखुवा धमौरा बस्ने १९ वर्षीय विकास पासवान र सोही स्थानका ५५ वर्षीय बिन्द पासवानलाई ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट प्रहरी टोली खटी ग्र्य कुटपीटमा संलग्नलाई पक्राउ गरिएको हो ।

विकास सहितको टोलीले सोमबार मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा स्थानीय ५० वर्षिय अमिरी पासवानलाई गाली गलौज तथा कुटपिट गरी धकेलेर घाइते बनाएका थिए । कुटपिट गरी धकेल्दा पासवान लडी टाउकोमा गम्भिर चोट लागेको थियो ।

गम्भीर घाइते भएका अमिरीको गरुडास्थित सिटी अस्पतालमा उपचारका क्रममा राति सवा ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतको शव पोस्टमार्टमका लागि गौर पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ९, २०७७ मंगलवार - १२:०३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology