ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले चापागाउँ भएर आउ जाउँ गर्न टिपरलाई प्रतिबन्ध लगाएसँगै टिपर व्यवसायीले आन्दोलन शुरु गरेका छन् ।
नख्खु करिडोरको बाटो मात्र टिपरले प्रयोग गर्न पाउने प्रशासनले निर्णय गरेसँगै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
प्रशासनले निर्णय गरेसँगै प्रहरीले चापागाउँको बाटो भएर टिप्पर चल्न नदिएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।
टिप्परहरु चापागाउँको बाटो भएर आउ जाउ गर्दा ट्राफिक जाम भएको र सवारी दुर्घटना पनि बढेकोले प्रशासनले टिपर चल्न प्रतिबन्ध लगाएको हो ।
ट्रिपर चलाउन नदिएको भन्दै व्यवसायीहरुले गोदावरी नगरपालिका र प्रदेश सांसद चेतनाथ सञ्चेलको घर घेरेका छन् ।
