Logo

आइतवार, आश्विन २५ गते २०८३

images

टिकाभैरब प्रहरी इन्चार्ज गौतमको अवैध ढुंगाखानी नाइकेसँग घाँटी जोडिएपछि...

टिकाभैरब प्रहरी इन्चार्ज गौतमको अवैध ढुंगाखानी नाइकेसँग घाँटी जोडिएपछि...

दैनिकी न्यूज

८, मंसिर २०७७
टिकाभैरब प्रहरी इन्चार्ज गौतमको अवैध ढुंगाखानी नाइकेसँग घाँटी जोडिएपछि...
images

ललितपुर । ललितपुरको प्रहरी चौकीहरु मध्ये निकै विवादित चौकीको रुपमा टिकाभैरबस्थित प्रहरी चौकीलाई लिईन्छ । नल्लु खोलामा अबैध रुपमा सञ्चालनमा रहेको ढुंगा खानी तथा क्रसर उद्योगका नाइकेहरुसँग चौकी इन्चार्जको बाक्लो उठबसका कारण त्यस चौकी सधैँ विवादमा तानिरहन्छन् ।

त्यस चौकी प्रहरीका आम्दानीको आकर्षक थलोको रुपमा पनि हेरिन्छ । त्यसकारण प्रायः जुनियर प्रहरीहरु एक पटक त्यस चौकीमा बस्न इच्छा राख्छन् । त्यहाँ सरुवा भई जान ललितपुर प्रहरी भित्र तँछाड मछाड नै चल्दछ । किनकी यस चौकीलाई राम्रो आम्दानीको स्रोतको रुपमा लिन्छन् ।

यस्तै पछिल्लो पटक महिनादिन अघिमात्रै सरुवा मागेर आएका प्रहरी नायब निरीक्षक (सई) तिलक गौतम पनि विवादमा तानिएका छन् । आएको एक हप्ता नबित्दै बन्द रहेको अबस्थामा पनि क्रसर उद्योगबाट रोडा, क्रसिङ बेस, लगायतका सामग्री क्रसर नाइकेसँग सेटिङ मिलाएर राति राति मालबाहक गाडीलाई आफ्नो क्षेत्रबाट पास गराईएको स्थानीयले आरोप लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले यस क्षेत्रको ढुंगा खानी तथा क्रसर उद्योग कार्तिक ४ गतेदेखि अर्काे सूचना नआएसम्मका लागि बन्द गरेको थियो । त्यसको भोलिपल्टै चौकी इन्चार्ज गौतमले सेटिङमा राति मालबाहक गाडीलाई आफ्नो क्षेत्रबाट कटाए । तर एकान्तकुनामा ती मालबाहक प्रहरीको फन्दामा परे । त्यसपछि पनि उनले यो समाचार तयार पार्दासम्म सयौँ मालबाहक गाडी रातीको समयमा सेटिङ मिलाएर पास गराईएको सवारी चालकहरु नै बताउँछन् ।

शनिबार राति मात्रै उनले लेले महादेवखोलाबाट ढुंगा बोकेका ३५ भन्दा बढी भारत बेञ्ज गाडीलाई लाईन नै पास गराएका छन् । प्रहरी इन्चार्ज गौतमको नल्लु खोलाका मुख्य हर्ताकर्ता तथा ६ वर्षअघिको झरुवारासी गोली काण्डमा मुछिएका विवादित व्यवसायी मधुसुदन डोटेलसँग हिमचिम रहेको स्थानीयको आरोप छ । इन्चार्ज गौतमले डोटेल सहित वीरेन्द्र महर्जन, सुदर्शन विष्ट लगायतलाई रोडा ढुंगा निकासी गर्न सहयोग गरेको आरोप छ । यसविषयमा जिज्ञासा राख्दा उनले जनशक्ति अभावले भनेजसरी काम गर्न नसकेको भन्दै आफुमाथी गलत आरोप लगाएको दाबी गरे ।

'प्रहरीले मात्र सबै हेर्न सक्दैन, जनशक्तिको अभाव छ, उनले भने, ‘जसले आरोप लगाएको हो उसलाई नै सोध्नु ।’ 

महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्णराज ओझा विदा गएको मौका पारी प्रहरी निरीक्षक राजेन्द्र थापाको मिलेमतोमा व्यवसायीहरुसँग मिलेर ढुंगा, बालुवा निकासी गरिरहेको स्थानीयको आरोप छ ।

images
प्रकाशित मिति :मंसिर ८, २०७७ सोमवार - ०७:५१:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology