Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मौसम पूर्वानुमानः हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमानः हल्का वर्षाको सम्भावना

दैनिकी न्यूज

६, मंसिर २०७७
मौसम पूर्वानुमानः हल्का वर्षाको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन भने देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर ०६ गते (शनिबार):

दिउँसो : प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

मंसिर ७ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

मंसिर ८ गते (सोमबार)

दिउँसो : देशको सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशको सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

images
प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - ०९:१२:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology