काठमाडौं । नेवार समुदायका कतिपयले आज पनि भाइटीका लगाउँदै छन्। किजा पूजा र कतिपय नेवार समुदायले आजै भाइटीका लगाउने भएकाले सरकारले आज देशैभरी सार्वजनिक बिदासमेत दिएको छ।
मन्त्रिपरिषद्को कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाइँन्छ। तर, यस वर्ष तिथि गटबढको कारण कतिपय नेवार समुदायले आज पनि भाइटीका लगाउन लागेका हुन्।
सोमबार म्ह (आत्म) पूजा गरेका नेवार समुदायहरुले आज भाइटीका लगाउन लागेका हुन्।