काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ। देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा÷हिमपात भईरहेको छ साथै प्रदेश नं १ का पहाडी भु–भागमा आंशिक बदली हुनुका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश ,बागमती प्रदेश र प्रदेश नं १ का केहि स्थानमा मेघगर्जन र चट्टयाङ सहित हल्कादेखि मध्यम बर्षाको सम्भावना छ र देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर ०१ गते (सोमबार):
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशको १-२ स्थानहरु लगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मंसिर ०२ गते (मंगलबार):
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशको पहाडी भू-भागमा आंशिक बदली तथा सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भु-भागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर ०३ गते (बुधबार):
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भई प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।