Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

दैनिकी न्यूज

२४, कार्तिक २०७७
सवारी दुर्घटनामा परी चार जनाको मृत्यु
images

काठमाडौं । महोत्तरी, गौशाला नगरपालिका-२ निगौल मठस्थित सडकमा बीआर ३० ऐक्स ९२३२ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका निगौल टोल बस्ने ४५ वर्षीय छट्टु मुखियाको आइतबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।


त्यस्तै चितवन, भरतपुर महानगरपालिका-५ पन्चरत्नस्थित सडकमा ना.१५ प ७७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७१ वर्षीय तुलाराम भुषालको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


पर्सा, वीरगंज महानगरपालिका-२७ जसौलीस्थित सडकमा लु.३ त ६४६ नम्बरको ट्याक्टर सिचाई नहरको पुलबाट पल्टिएर आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरको ईन्जिनमा च्यापिएर चालक बहुदरमाई नगरपालिका-३ पदमौल बस्ने उमेश प्रसाद यादवको १२ वर्षीय छोरा विवेक कुमार यादवको घटनास्थलमै मृत्यु भएको छ ।


कास्की, पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा हाल नम्बरको नखुलेको बसले ना.४१ प ५४१७ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका-१३ बस्ने ३४ वर्षीय बिश्‍वास देवकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्‍चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - १४:२२:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology