Logo

आइतवार, आश्विन २५ गते २०८३

images

पोखरेलले अघि सारे नेकपा विवाद समाधानको सुत्र

पोखरेलले अघि सारे नेकपा विवाद समाधानको सुत्र

दैनिकी न्यूज

२३, कार्तिक २०७७
पोखरेलले अघि सारे नेकपा विवाद समाधानको सुत्र
images

बुटवल । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका शीर्ष नेताहरुलाई पछिल्लो स्थायी कमिटीको निर्णयका आधारमा अहिलेका विवाद समाधान गर्न आह्वान गरेका छन्। उनले अहिले संकटउन्मुख रहेको पार्टीलाई एकतावद्ध राख्ने सूत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमै निहित रहेको बताएका छन्। ‘हामी एउटै डुंगामा छौ भन्ने हेक्का राख्ने र एक अर्कोको संवेनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने सूत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमै निहित छ,’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा राखेका छन्, ‘एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न दिदैन।’ उनले एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमतिभन्दा वाहिरवाट जित्ने कोशिस एकता विरुद्धको खेल सावित हुने जिकिर गरेका छन्। ‘त्यसैले सचिवालयका कमरेडहरु विवाद र कटुता विर्सेर एकताको वाटोतर्फ फर्कनु होस, आम पार्टीपंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो,’ उनले भनेका छन्, ‘सचिवालयको कर्तव्य स्थायी समितिको निर्णयको कार्यान्वयन हो। तसर्थ स्थायी समितिको वैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न म सचिवालयका सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु।’

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - २३:२७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology