Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मैले राजीनामा दिने भन्ने कुरा बेकारको होः प्रधानमन्त्री ओली

मैले राजीनामा दिने भन्ने कुरा बेकारको होः प्रधानमन्त्री ओली

दैनिकी न्यूज

२०, कार्तिक २०७७
मैले राजीनामा दिने भन्ने कुरा बेकारको होः प्रधानमन्त्री ओली
images

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् । सत्तारुढ दल नेकपाभित्र आफूविरुद्ध घेराबन्दी भइरहेका बेला बुधबार प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिने भन्ने कुरा बेकारको भएको बताएका हुन् ।


‘म कतै पसे भने सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ, राजीनामा दिन पस्यो । तर, तपाईंहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरा लागि होइन, देशका लागि,’ प्रधानमन्त्री ओलीले चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन कार्यक्रममा भने, ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन ।’


प्रधानमन्त्रीले भदौ २६ को निर्णय कार्यान्वयन नगरेको र आफ्नै शैलीमा चल्न थालेको भन्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेता फेरि असन्तुष्ट देखिएका छन् । ‘त्यो मैले रिपिटेट्ली (दोहोर्याएर) भनेको छु कि कोहीले खोइ त भनेर मागिरहेका छन्,’ उनले भने, ‘मैले राजीनामा दिने भन्ने कुरा बेकारको हो भन्ने सोच्छु ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - ०७:४९:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology