Logo

आइतवार, आश्विन २५ गते २०८३

images

दशैको फुलपातिमा ललितपुरको भैसेपाटीमा चोरी

दशैको फुलपातिमा ललितपुरको भैसेपाटीमा चोरी

दैनिकी न्यूज

१६, कार्तिक २०७७
दशैको फुलपातिमा ललितपुरको भैसेपाटीमा चोरी
images

ललितपुर । ललितपुर महानगरपालिका–१८ भैसेपाटी (नख्खु आदिनाथ मार्ग) स्थित सुरजकुमार शाहको घरमा फुलपातिको दिन चोरी भएको छ ।

उनको घरबाट दुई थान ल्यापटप, क्यामरा, सुनको रिङ, मंगलसुत्र, टप, चाँदी १० तोला र नगद ३५ हजार गरी करिब ४ लाख ४८ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

चोरी हुनसाथ महानगरी प्रहरी प्रभाग बुंगमतीका प्रहरी निरीक्षक सुजित कुमार ओझाको नेतृत्वमा ५ जना प्रहरी पुगेका थिए ।

चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - १०:१२:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology