Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेकपा केन्द्रीय कमिटी बैठक स्थगन

नेकपा केन्द्रीय कमिटी बैठक स्थगन

दैनिकी न्यूज

१२, कार्तिक २०७७
नेकपा केन्द्रीय कमिटी बैठक स्थगन
images

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोरोना भाइरस महामारीको बढ्दो प्रकोपका कारण स्थगित भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना गरिने जनाइएको छ ।

आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ ।

images
प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - १५:४९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology