Logo

आइतवार, आश्विन २५ गते २०८३

images

यो वर्ष नेकपाले चियापान कार्यक्रम नगर्ने

यो वर्ष नेकपाले चियापान कार्यक्रम नगर्ने

दैनिकी न्यूज

११, कार्तिक २०७७
यो वर्ष नेकपाले चियापान कार्यक्रम नगर्ने
images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ । नेकपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

‘हाम्रो पार्टीले नेपालीहरुका चाडपर्वहरूका अवसरमा विगत वर्षहरुमा आयोजना गर्दै आइरहेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोरोना महामारीका कारण यस वर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ’, पार्टी कार्यालयको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि यसअघि नै चियापान कार्यक्रम नगर्ने बताइसकेको थियो।

images
प्रकाशित मिति :कार्तिक ११, २०७७ मंगलवार - १५:२३:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology