Logo

आइतवार, आश्विन २५ गते २०८३

images

काँग्रेसले यो वर्ष चियापानको आयोजना नगर्ने

काँग्रेसले यो वर्ष चियापानको आयोजना नगर्ने

दैनिकी न्यूज

९, कार्तिक २०७७
काँग्रेसले यो वर्ष चियापानको आयोजना नगर्ने
images

काठमाडौं । नेपाली कांग्रेसले यस वर्षको कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने जनाएको छ । कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोरोना भाइरसका कारण यो वर्ष नगरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।


वि.सं. २०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामनाआदान–प्रदान गर्दै आएको थियो ।


तर यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमण महामारीका कारण यस वर्षको कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने मुख्यसचिव पौडेलले जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक ९, २०७७ आइतवार - १४:४५:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology