Logo

शनिवार, आश्विन २४ गते २०८३

images

माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

दैनिकी न्यूज

९, कार्तिक २०७७
माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु
images

जाजरकोट । घर लिप्ने माटो निकाल्ने क्रममा ढिस्कोले पुर्दा दुई महिलाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । मृत्यु हुनेमा छेडागाड नगरपालिकाको वडा न ३ चुवाकी ३० वर्षीया सितला जैसी र सोही गाउँकी १६ वर्षिया आरती दाहाल रहेकी छन ।

त्यस्तै घटनामा परी सोही गाउँकि २४ वर्षीया सरिता जैसी र छेडागाड ४ की ५१ वर्षीया धनसरा चदारा घाईते हुनुभएको छ । दशैको लागि घर लिप्ने माटो लिन स्थानीय महिलाहरु।। आफ्नो टोलभन्दा झन्डै ४ किलोमीटरको दूरी टाढा दशेरा भन्ने ठाउँमा गएका थिए । माटो निकाल्ने ठाउँमा सुख्खा पहिरो गएको स्थानीयले बताएका छन ।

जाजरकोटका प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठ ले घाईतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा मत्यु भएको बताउनुभयो । हाल दुई जना घाइते महिलालाई जाजरकोटका प्रतिनिधिसभा सदस्य एवं वन तथा वातावरण मन्त्रि शक्तिबहादुर बस्नेतको पहलमा नेपाली सेनाकोे हेल्किकोप्टर मार्फत सुर्खेत पठाईएको छ ।

घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय दशेराका असई कमानसिह रामजालीले बताए । गोरखापत्रबाट

images
प्रकाशित मिति :कार्तिक ९, २०७७ आइतवार - ०६:४५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology