Logo

आइतवार, आश्विन २५ गते २०८३

images

यस्ता रोग हुनेहरुले खानु हुँदैन मासु !

यस्ता रोग हुनेहरुले खानु हुँदैन मासु !

दैनिकी न्यूज

७, कार्तिक २०७७
यस्ता रोग हुनेहरुले खानु हुँदैन मासु !
images

काठमाडौं । दसैँ हिन्दुहरुको महानचाड हो । निधारमा रातोटिका, कानमा पहेंलो जमरा लगाउनु अनि मासु खानु नै दसैँको विशेषता रहेको छ ।

कतिपयले दसैँलाई मासुको पर्व समेत भन्ने गरेको पाइन्छ। जसका कारण सचेत भएर मासुको उपभोग गर्न विज्ञहरुले सुझाब दिएका छन्। दशैँको अष्टमी र नवमीको दिन सबैले घरघरमा खसी, बोका, राँगा च्याङ्ग्रा काट्ने चलन रहेको छ। यसरी काटिएको मासु नसकिएसम्म दशैँपछि सम्म पनि खाने चलन छ। तर दशैँको समयमा मासु खाँदा भने स्वास्थ्य अबस्था ख्याल गर्न मुटु रोग विशेषज्ञहरुले सुझाव दिएका छन ।

काम नगरी धेरै प्रोटिन र चिल्लो मसलेदार मासुका परिकारहरू खाँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने चिकित्सकहरू बताउँछन्। अझ शरीरमा विभिन्न खालका समस्या भएकाहरूले भने दशैँमा मासु तथा खानेकुरा खाँदा विशेष ध्यान दिनुपर्छ।

चिकित्सकका अनुसार यी रोग हुनेले मासु नखादा राम्रो ग्यास्ट्रिकः
ग्यास्ट्रिकको समस्या हुनेहरूले दशैँमा मासु तथा अन्य खानेकुराको परिकार खाँदा विशेष ध्यान दिनुपर्छ। ग्यास्ट्रिकको समस्या हुनेहरूले सकेसम्म तेलमा तारेको तथा धेरै मसला हालेर बनाइएको र मसलादार मासु नखाँदा राम्रो हुन्छ। सकेसम्म फलफूल, हरियो सागसब्जी खानु राम्रो हुन्छ। उच्च रक्तचापः उच्चरक्तचापको समस्या भएकाहरूले समेत दशैँको खानपानमा ध्यान दिनु आवश्यक हुन्छ। उच्चरक्तचापको समस्या हुनेले सकेसम्म खसी तथा राँगाको मासु नखाँदा राम्रो हुन्छ। यस्तै, चिल्लो र बोसो भएको मासु सकेसम्म नखानु नै राम्रो हुन्छ।

मुटुसम्बन्धी समस्याः
उच्च कोलेस्ट्रोलको र मुटुसम्बन्धी समस्या हुनेले रातो मासु खानु राम्रो हुँदैन। यस्ता समस्या हुनेले फलफूल तथा हरियो सागसब्जी खानु राम्रो हुन्छ। यस्तै मधुमेहका रोगीले पनि भरसक रातो मासु नखाँदा नै राम्रो हुने चिकित्सकले सुझाव दिएका छन । मधुमेह रोगिका लागि मासुबाहेक दाल, गेडागुडी, पनिर, दूध, दही, तोफु खादि खाँदा राम्रो हुने सुझाव छ ।

युरिक एसिडः
युरिक एसिडको समस्या हुनेहरूले पनि दशैँमा मासु कम खाएको राम्रो हुन्छ। मासुमा धेरै प्रोटिन हुने हुँदा यसले शरीरमा युरिक एसिड बढाएर जोर्नीहरू दुख्ने गर्छन्। यस्तै, पित्तथैली तथा मिर्गौलासम्बन्धी बिरामी भएकाहरूले पनि मासु कम खानु राम्रो हुन्छ। यी बिरामीहरूले सकेसम्म फलफूल तथा सलाद खानु राम्रो हुन्छ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७७ शुक्रवार - ०९:०९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology