Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ललितपुरका खानी तथा क्रसर उद्योग बन्द

ललितपुरका खानी तथा क्रसर उद्योग बन्द

दैनिकी न्यूज

४, कार्तिक २०७७
ललितपुरका खानी तथा क्रसर उद्योग बन्द
images

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाभित्र मापदण्ड विपरीत सञ्चालित ढुङ्गा, बालुवालगायत नदी तथा खानीजन्य पदार्थको उत्खनन, ओसारप्रसार, भण्डारण र बिक्रीवितरणसँग सम्बन्धित सबै उद्योग एवं अन्य गतिविधि बन्द गर्न आग्रह गरेको छ । सहायक प्रजिअ ललितकुमार बस्नेतले आज सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि सो कार्य बन्द गर्न अनुरोध गरेका हुन् ।

प्रजिअ नारायणप्रसाद भट्टका अध्यक्षतामा प्रतिनिधिसभा र वाग्मती प्रदेशसभाका सदस्यका साथै स्थानीय जनप्रतिनिधि, एवं सरोकार निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

उक्त सूचनामा नदी तथा खानीजन्य पदार्थको व्यवस्थापन सम्बन्धमा अध्ययन र अनुगमन गरी सुझाव पेश गर्न डिभिजन वन कार्यालय र ललितपुरका कार्यालय प्रमुखको संयोजकत्वमा सम्बद्ध अन्य निकायका प्रतिनिधि रहेको कार्यदल गठन गरिएको जनाइएको छ । रासस

images
प्रकाशित मिति :कार्तिक ४, २०७७ मंगलवार - २०:३०:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology