Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बालिका अपहरणमा संलग्न ३ जना ललितपुर प्रहरीको फन्दामा

बालिका अपहरणमा संलग्न ३ जना ललितपुर प्रहरीको फन्दामा

दैनिकी न्यूज

४, कार्तिक २०७७
बालिका अपहरणमा संलग्न  ३ जना ललितपुर प्रहरीको फन्दामा
images

ललितपुर । ८ वर्षिय बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई राखेको अवस्थामा महानगरीय प्रहरी वृत्त सातदोबाटोले ३ जनालाई सोमबार नियन्त्रणमा लिएको छ ।

बारा जिल्ला, सिम्रौनगढ–१ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी–४ मनकामना चोकमा बस्ने गुड्डी साहकी छोरी बर्ष ८ की अनुखा साह कोठा भन्दा बाहिर खेलीरहेको समयमा साईकल चढी आएका तीन जनाले साईकलमा राखी लगेका थिए ।

मौखिक रुपमा वृत्त सातदोबाटोमा जानकारी प्राप्त हुनासाथ तत्कालै डीएसपी मित्रबन्धु शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रबिधिको समेत प्रयोग गरी खोजतलास गर्दै जाँदा सोही दिन हरिसिद्दी स्थित सीता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले दैनिकीन्युजलाई जानकारी दिए ।

पिडित बालिकालाई तत्कालै उद्वार गरी अपहरण गरी शरीर बन्धक गरी राख्ने कार्यमा संलग्न जिल्ला सर्लाही हरिवन–८ बासटोल घर भई ललितपुर हरिसिद्दी बस्ने बर्ष ३० को राजु कार्की, जिल्ला काभ्रे नमोबुद्ध–८ बुझाकोट घर भई हालितपुर हरिसिद्दी बस्ने बर्ष २३ की सीता परियार र जिल्ला धनुषा धारापानी गाउँपालिका वडा नंं. २ घर भई हाल ललितपुर हरिसिद्दी बस्ने बर्ष ४० को कृष्ण तोलामीलाई वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरुको साथबाट हरियो रंगको साईकलसमेत बरामत गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७७ मंगलवार - १४:०९:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology