Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बाबुरामले भने- नौ अर्ब खानेहरुको प्रमाण मसँग छ !

बाबुरामले भने- नौ अर्ब खानेहरुको प्रमाण मसँग छ !

दैनिकी न्यूज

२८, आश्विन २०७७
बाबुरामले भने- नौ अर्ब खानेहरुको प्रमाण मसँग छ !
images

काठमाडौं । बुढीगण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका पूर्वप्रधानमन्त्री तथा जसपाका नेता बाबुराम भट्टराईले सबै ठूला भ्रष्टाचार प्रकरणको छानबिनका लागि आयोग गठन गर्न माग गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारुढ नेकपाले आरोपको खण्डन गर्दै प्रमाण भएमा सार्वजनिक गर्न चुनौती दिएपछि भट्टराईको प्रतिक्रिया आएको हो । बुधबार सत्तारुढ नेकपाले जारी गरेको विज्ञप्तिको प्रतिक्रिया दिँदै भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, 'बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षण प्रिन्टिङ प्रेस, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं । सबै उच्च पदासीनहरूको सम्पत्ति छानबीन गरौं । म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु ।' भट्टराईले यसअघि गृहजिल्ला गोरखामा आयोजित एक कार्यक्रममा ९ अर्ब रकम वर्तमान प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीहरू दाहाल र देउवाले घुस लिएको र परियोजना अलपत्र पारेको आरोप लगाएका थिए ।

images
प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - २२:५४:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology