Logo

आइतवार, आश्विन २५ गते २०८३

images

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

दैनिकी न्यूज

२४, आश्विन २०७७
पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण
images

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण भएको छ । 

सामाजिक सञ्‍जालमार्फत मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

शुक्रबार बेलुकी हल्का ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए ।

सामाजिक सञ्‍जाल फेसबुकमा उनले लेखेका छन्, "हिजो शुक्रबार बेलुका निवासमा फर्किएपछि हल्का ज्वरोको महसुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु ।"

केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गर्नसमेत मन्त्री भट्टराईले आग्रह गरेका छन् । 

उनले भनेका छन्, "गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महसुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन ।मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परि आएमा सामना गर्नुबाहेक के नै पो बिकल्प छ र ?"

yogesh.png

images
प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - २०:०८:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology