Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सडकमै अवैद्य रुपमा बढी रकम उठाउने ६ व्यक्ति ललितपुरबाट पक्राउ

सडकमै अवैद्य रुपमा बढी रकम उठाउने ६ व्यक्ति ललितपुरबाट पक्राउ

दैनिकी न्यूज

२३, आश्विन २०७७
सडकमै अवैद्य रुपमा बढी रकम उठाउने ६ व्यक्ति ललितपुरबाट पक्राउ
images

ललितपुर । ललितपुरको नख्खु करिडोरमा ढाट राखेर अवैद्य रुपमा बढी रकम असुल गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले सडकमा ढाट राखेर सो करिडोरमा चल्ने मिनी ट्रक, ट्रक तथा निशान गाडीबाट नगरपालिकाले तोकेको भन्दा बढी रकम अशुल गर्दै आएका थिए ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिकाको ढुंगा गिट्टी उत्खनन् गर्ने ठेक्का पाएको कर्मा कन्ष्ट्रक्सनमा काम गर्ने ६ कामदार रहेको महानगरीय प्रहरी परीसर ललितपुरका डिएसपी सन्तोष तामाङले बताए ।

पक्राउ पर्नेमा सुजन महर्जन, मिलन महर्जन, अमर महर्जन, शिशिर महर्जन, अर्जुन तामाङ र हितबहादुर मोक्तान रहेका छन् ।

गोदावरी नगरपालिकाले लगाएको ठेक्कामा प्रति गाडी ४०० बढी असुल गरेको उनीहरुमाथिको आरोप छ । बढी असुल उपर गरेको पैसाको बिल व्यवसायीले मागेपछि कर्मा कन्ष्ट्रक्सनले दिएको थिएन ।

बर्षाले सडक बिग्रिएकोले बाटो बनाउन बढी रकम उठाएको प्रहरी नियन्त्रणमा रहेकाको बयान उद्दत गर्दै डिएसपी तामाङले बताए । उनीहरुलाई आवश्यक कारवाहीको लागि गोदावरी नगरपालिका पठाउने उनले जानकारी दिए ।

यसैबीच गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बिना विल बिजक नगरपालिकाले तोकेको रकमभन्दा बढी असुल गर्नु गैरकानूनी भएको बताए । यसबार थप कुरा बुझ्ने उनको भनाई छ ।

यस सम्बन्धमा कर्मा कन्ष्ट्रक्सनका संचालक रवि महर्जनसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।

images
प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - १८:२०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology