Logo

आइतवार, आश्विन २५ गते २०८३

images

स्वास्थ्य अवस्था नाजुक बनेपछि डाक्टर केसीसँग वार्ता गर्न तात्यो सरकार

स्वास्थ्य अवस्था नाजुक बनेपछि डाक्टर केसीसँग वार्ता गर्न तात्यो सरकार

दैनिकी न्यूज

२१, आश्विन २०७७
स्वास्थ्य अवस्था नाजुक बनेपछि डाक्टर केसीसँग वार्ता गर्न तात्यो  सरकार
images

काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्यमा सुधारको माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाएको छ। बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका छन्। २४ दिनअघि जुम्लाबाट आमरण अनसन सुरु गरेका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन्। १९ औँ पटकको सत्याग्रहमा रहेका उनले विगतका सहमति कार्यान्वयनसँगै दुर्गम क्षेत्रमा चिकित्सा पहुँचका लागि थप माग राखेका छन्। उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै जाँदासमेत सरकारले वेवास्ता गरेको भन्दै आलोचना भइरहेका बेला सरकारले वार्ता टोली गठन गरेको हो। आजै डा‍. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ। संघले आफूले सरकारलाई डा. केसीका माग सम्बोधन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि बिहीबारदेखि अन्दोलनमा उत्रिने घोषणा गरेको हो।

images
प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - २३:५२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology