Logo

आइतवार, आश्विन २५ गते २०८३

images

इन्सपेक्टर शाही पुर्पक्षका लागि जेल चलान

इन्सपेक्टर शाही पुर्पक्षका लागि जेल चलान

दैनिकी न्यूज

२१, आश्विन २०७७
इन्सपेक्टर शाही पुर्पक्षका लागि जेल चलान
images

काठमाडौं । अपराधमा संलग्न भएका नेपाल प्रहरीका इन्सपेक्टर जेल चलान भएका छन् । लागु औषधको कारोबारमा संलग्न इन्सपेक्टर अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

बन्दाबन्दीको समयमा आफ्नै गाडीमा लागु औषध तस्करी गर्ने इन्सपेक्टर रुद्र बहादुर शाहीलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको हो । उनी गत ११ असारमा पक्राउ परेका थिए । उनीसहित पक्राउ परेका सन्तोष कुमार शाह, भुपेन शेरचन, एलिसन बस्नेत अभिनास थपलियालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । उनीहरुबाट डालेक्सद्द–डिसी, नाइट्रोभेट लगायत लागु औषध बरामद भएको थियो । बन्दाबन्दीको बेला इन्सपेक्टर शाही आफैं तराई गएर सो लागु औषध ओसारेको अनुसन्धानमा खुलेको थियो ।

 

यो पनि पढ्नुहोस

लागुऔषध कारोबार गरेको भन्दै प्रहरी निरीक्षक शाही पक्राउ

इन्सपेक्टर शाही आफैंले सर्लाहीबाट ल्याएका थिए लागू औषध

इन्स्पेक्टर शाहीसँगै पाइलट पनि पक्राउ !

images
प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - २०:४५:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology