Logo

आइतवार, आश्विन २५ गते २०८३

images

प्रदेश ५ को राजधानी दाङ जिल्लाको देउखुरी

प्रदेश ५ को राजधानी दाङ जिल्लाको देउखुरी

दैनिकी न्यूज

२०, आश्विन २०७७
प्रदेश ५ को राजधानी दाङ जिल्लाको देउखुरी
images

काठमाडौं । ५ नम्बर प्रदेशको राजधानी दाङको देउखुरी (राप्ती उपत्यका) तोकिएको छ ।

प्रदेश सभामा मंगलवार भएको मतदानमा दुईतिहाइ बहुमतले देउखुरीमा राजधानी राख्ने प्रदेश सरकारको प्रस्ताव पारित भएको हो ।

कुल खसेको ८२ मतमध्ये दाङका पक्षमा ६९ र विपक्षमा १३ मत परेको थियो ।

सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी सोनामले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनाराको मैदानी भाग राप्ती उपत्यका (देउखुरी)लाई प्रदेशको राजधानी तोक्ने प्रस्ताव गरेका थिए ।

images
प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १५:५२:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology